२०७९ - जेष्ठ - ०२ | सोमबार

मुद्दाको सुनुवाइ

आज सर्वोच्च अदालतमा अत्यन्त जरुरी प्रकृतिका मुद्दाको मात्र सुनुवाइ हुदै

लेक्स नेपाल  |
माघ ०५, २०७८
534 Shares

माघ ५, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण बढदै गएका कारण आजदेखि सर्वोच्च अदालतमा अति जरुरी मुद्दामा मात्र सुनुवाइ हुने भएको छ ।

मंगलबार बसेके पूर्ण बैठक (फुलकोर्टमाले) कोरोना भाइरस बढ्दै गएका कारण बुधबार देखि सर्वोच्च अदालतमा सेवा कटौतीसँगै सर्वोच्च अदालतले अब माघ १८ गते सम्म ६ प्रकारका सेवामा मात्र सुनुवाइ गर्ने निर्णण निर्णय गरेको थियो । 

बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र नियमितरूपमा सुनुवाइ गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यही माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय भएको हो ।

यसैगरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ हुनेछ ।मुद्दारनिवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने अदालतको निर्णयमा उल्लेख छ ।

उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरूको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्थासमेतको मूल्याङ्कनका आधारमा काम कारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय भएको छ ।

लेक्स नेपाल

थप समाचार