२०७८ - माघ - ०५ | बुधबार

प्रधानन्यायाधीश राजिनामा प्रकरण

अब प्रधानन्यायाधीश संग सम्वाद गर्ने बेला भयोः सदस्य गैरे 

लेक्स नेपाल  |
पुष १५, २०७८
632 Shares

पुष १५, काठमाडौँ । नेपाल बार एशोसिएसनका केन्द्रिय सदस्य बालकृष्ण गैरेले अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्वाद गर्नुपर्ने बेला आएको बताएका छन्  ।
लेक्स नेपाल संग कुरा गर्दै केन्दिय सदस्य गैरेले ‘‘नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजिनामा बहिर्गमनका लागि आन्दोलन गर्दै आएकोमा अब सम्वाद बाटै समाधान निकाल्ने” बताएका हुन् ।

उनले भने, ‘‘नेपाल बार एशासिएसनले आन्दोलनको घोषणा गर्दै गर्दा २०७८ कार्तिक ५ गते विभिन्न मुद्दाहरु, हाम्रा मागहरु, एजेण्डाहरुमा केन्द्रित भएर हामीले प्रधानन्यायाधीश जबरालाई भेटेको र त्यसलाई लागू गर्नका लागि हाम्रो ध्यानाकर्षण पत्र लगाएत हरिकृष्ण कार्की श्रीमानको प्रतिवेदन किन लागू भएन, अटोमेसन लागू हुनमा किन आनाकानी भयो, वरिष्ठ अधिवक्ताको उपाधि दिनको लागि किन ढिलाई गरिरहेको छ, यी लगाएत तमाम मुद्दामा किन सर्वोच्च प्रशासन, सर्वोच्च अदालत र प्रधानन्यायाधीश बाट सम्बोधन भएको छैन भनेर हामीले सम्माननिय प्रधानन्यायाधीशलाई भेटेका थियौैँ” । 

बारका प्रतिनिधिले प्रधानन्यायाधीश जबरालाई भेटि सकेपछि उहाँले फुलकोर्टबाट गर्नुपर्ने निर्णय त्यहिँ बाट गरीने र केहि कामहरु समितिहरु मार्फत् भइरहेको भएपनि केहि प्रक्रियामा नै हुँदा यसलाई क्रमशः सम्बोधन गरीने प्रतिबद्धता प्रधानन्यायाधीशले गरेका थिए । सो कार्य पुरा गर्न बारले प्रधानन्यायाधीश राणालाई १५ दिनको अल्टिमेटम दिएको भएपनि बारले भोलि पल्टै रहस्यमय तरीकाले सबै कुरालाई थाति राखेर एकाएक प्रधानन्यायाधीशको राजिनामा माग गर्दै आन्दोलनमा उत्रिएको थियो ।  

सदस्य गैरेले भने, ‘‘हामीले उठाएका मुद्दामा प्रधानन्यायाधीश बाट सम्बोधन हुन्छ र सहज रुपमा बहिर्गमन हुन्छ भन्ने हिसाबमा नेपाल बारले आन्दोलन घोषणा गरिसके पछि र  उहाँ बाट नै जसरी म सम्वैधानिक प्रक्रिया बाट नियुक्त भएको र संम्वैधानिक प्रक्रिया बाटै मेरो बहिर्गमन हुनुपर्ने हो भन्ने अभिव्यक्ति आइसके पछि अब आन्दोलनको बाटो भन्दा पनि वार्ता र कुनै उपयुक्त विधि प्रक्रिया अपनाएर अगाडी बढ्नु पर्ने बेला आएको छ ।”

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८