चैत्र १३, काठमाडौँ । निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगको आइतबार बसेको बैठकले अन्तिम मतदाता नामावली टुंगो लगाएको हो ।
स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने भएका छन् ।
आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । अन्यमा १८३ जना मतदाता छन् ।
सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २२३ जना छन् । सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।