२०७८ - बैशाख - २३ | बिहीबार

सर्वोच्चमा रिट

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल  |
बैशाख १५, २०७८
37 Shares

बैशाख १५ बुधबार । देशभरका खोला र नदीहरूमा मापदण्डविपरीत उत्खनन र दोहन भइरहेको भन्दै वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरूले त्यसलाई रोक्न माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

वातावरण कानुन समाजको पहलमा सातवटै प्रदेशमा रहेका कानुन व्यवसायीहरूले नदीजन्य पदार्थ उत्खनन रोक्न माग राखेका हुन् ।

नदीमा मेसिनको प्रयोग गरेर जथाभावी रूपमा रोडा, ढुंगा र बालुवा उत्खननको काम भइरहेको र त्यसले वातावरण विनाश गरेको भन्दै उनीहरूले गैरकानुनी दोहन रोक्नुपर्ने माग राखेका हुन् । स्थानीय तहबाट समेत ६ हजार नदीनालामा ढुंगा, गिटी र बालुवा उत्खननमा अवैध रूपमा ठेक्का लगाउने, उत्खननलाई वैधता दिने गरेको आरोप लगाउँदै त्यसलाई रोक्नुपर्ने माग रिटमा छ ।

कतिपय प्रदेशहरूले रोडाढुंगा उत्खननसम्बन्धी कानुन नबनाएको, कतिपयले बनाए पनि त्यसको पालना नगरेको भन्दै कानुन व्यवसायीहरूले गत वर्ष साउन ४ गतेको मन्त्रिपरिषद् निर्णयबाट मापदण्ड बनाए पनि त्यसको कुनै पालना नभएको भन्दै मुद्दा हालेका हुन् ।

लेक्स नेपाल


थप समाचार

सङ्कटमा सुतेको सर्वोच्च

लेक्स नेपाल | बैशाख १९, २०७८

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल | बैशाख १५, २०७८