२०७९ - असार - १२ | आईतवार

भ्रष्टाचारको आरोपमा २ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचारको आरोपमा २ जनाविरुद्ध  विशेष अदालतमा मुद्दा दायर

लेक्स नेपाल  |
चैत्र ०६, २०७८
880 Shares

चैत्र ६, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले आइतबार सुनसरीको आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

दिपक थापा मगरले  दुई लाख ९३ हजार ३७२ रुपैयाँ र जनक थापाले ७० हजार ८५ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ । 

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड (घ) बमोजिम अधिकतम सजाय माग गरिएको आयोगले जनाएको छ ।
 

लेक्स नेपाल

थप समाचार