२०७८ - असार - १० | बिहीबार

संसद् विघटन प्रकरण

बहसका लागि तोकियो ३० मिनेट समय 

लेक्स नेपाल  |
जेष्ठ २६, २०७८
412 Shares

जेठ २६, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको शेरबहादुर देउवासहितको निवेदनमा संवैधानिक इजलासमा बहसका लागि आधा घण्टाको समय छुट्याइएको छ । प्रतिनिधिभा विघटन विरुद्ध परेका रिटमाथि बुधबार सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलास शुरू भएपछि पक्ष तर्फका कानुन व्यवसायीलाई इजलासले ३० मिनेट बहसको समय तोकेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि आफूसहित सर्वोच्च अदालतका वरिष्ठ न्यााधीशहरुको इजलास तोकेका थिए । देउवाका तर्फवाट  वरिष्ठ अधिवक्ता महादेव यादवले बहस थालेका छन् ।
 

लेक्स नेपाल

थप समाचार