२०७८ - श्रावण - १८ | सोमबार

संसद् विघटन प्रकरण

बहसमा गोविन्द बन्दी – एकपटक विश्वास गुमाएपछि पुनः प्रधानमन्त्रीमा दावी गर्न मिल्छ ?

लेक्स नेपाल  |
असार ०९, २०७८
574 Shares

असार ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिभिसभाको विघटन विरुद्ध कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

रिट निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता गोविन्द बन्दीले संसद्मा विश्वास गुमाएको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दावी गर्न नमिल्ने जिकिर गरेका छन् । एकपटक संसदमा विश्वासको मत प्राप्त नगरेपछि त्यही व्यक्तिले पुनः त्यही पदमा दावी गर्न मिल्छ कि मिल्दैन ? भनी उनले इजलासमा समेत प्रश्न गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत पु¥याएर राष्ट्रपतिलाई निवेदन दिएपछि राजनीतिक दलसम्बन्धी ऐनको भविष्यमा आकर्षित हुने व्यवस्थाको परीक्षण गर्ने अधिकार राष्ट्रपतिलाई नभएको उनले जिकिर गरे । 
 

लेक्स नेपाल

थप समाचार