२०७८ - श्रावण - १८ | सोमबार

संसद् विघटन प्रकरण

बहसमा खम्मबहादुर खाती – देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ

लेक्स नेपाल  |
असार ०९, २०७८
722 Shares

असार ९, काठमाण्डौँ । बुधबारबाट सुनुवाइ सुरु भएको प्रतिनिभिसभाको विघटनको मुद्धामा रिट निवेदकका तर्फबाट बहस थालिएको छ । बहसका क्रममा अधिवक्ता खम्बबहादुर खातीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरद्धको रिट निवेदनमाथि बुधबारको संवैधानिक इजलासमा सुनुवाइका क्रममा उनले आफ्नो अनुकुल परिस्थिति नदेखेपछि ‘मालाफाइड इन्टेन्सन’ (कुत्सित  मनाशाय) राखेर प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको दावी गरे । उनले बहसका क्रममा भने, ‘शेर बहादुरलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ । 

उनले  राष्ट्रपतिले भनेको वैकल्पिक सरकार ओलीसहितको नभइ उनीरहितको भएको जिकिर गरे । उनले राष्ट्रपतिको कार्यालयले देउवाको पक्षमा १४९ जनाले हस्ताक्षर गरेको स्वीकार गरेको गर्दै उनले भने, ‘दुवैको जोड्दा ३०२ जना हुन आउँछ । संसदमा ३०२ सदस्य छैनन् ।’ 

नेपाल बार एशोसिएशनका पूर्व महासचिव समेत रहेका अधिवक्ता खातीले बहसका क्रममा ‘यदि प्रतिनिधिसभाको कुनै सदस्यले आधार प्रस्तुत गरेमा विश्वासको मत पाउने आधार छकि छैन भनेर हेर्ने हो । अहिले शेर बहादर देउवाले लिखित रुपमा आधार प्रस्तुत गर्नुभएको छ । १४९ जनाले हस्ताक्षर गरेको अवस्था छ । वैकल्पिक सरकार गठनका लागि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुभएको कुरा स्वीकार गरेको छ’ ।
 

लेक्स नेपाल

थप समाचार