२०७८ - श्रावण - १८ | सोमबार

‘राष्ट्रपति को हुन् र सांसद्को भोटिङ राइट खाइदिने ?’

बहसमा शम्भु थापा – दाबी ठीक छ/छैन निक्र्यौल गर्ने राष्ट्रपतिले होइन

लेक्स नेपाल  |
असार ०९, २०७८
638 Shares

असार ९, काठमाडौं । प्रतिनिभिसभा विघटन मुद्धमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीमा दाबी गर्ने उम्मेद्वारले विश्वासको मत पाउँछ पाउँदैन भनेर चेक गर्ने ठाउँ राष्ट्रपति नभएको बताएका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ जना प्रतिनिधि सभा सदस्यले  बुझाएको हस्ताक्षरलाई नमानेर राष्ट्रपति विद्यादेवी भण्डारीले मतदानको अधिकार खोसेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बुधबार संवैधानिक इजलासमा भएको सुनुवाइमा बहस गर्दै थापाले भने– ‘हाम्रो मतदानको अधिकार तपाईंले कसरी खोस्न पाउनुहुन्छ ? कसरी खाइदिन पाउनुहुन्छ राष्ट्रपतिज्यू ?’

राष्ट्रपति भण्डारीले एमालेभित्र यस्तो हुन्छ, जसपाभित्र यस्तो हुन्छ भनेर दलको प्रकाशन राष्ट्रपति गर्न नपाउने जिकिर गरेका हुन् । संसदीय दलभित्र पसेर निर्णय गर्ने अधिकार राष्ट्रपतिलाई नभएको थापाको तर्क थियो ।
 

लेक्स नेपाल

थप समाचार