२०७८ - श्रावण - १८ | सोमबार

संसद् विघटन प्रकरण

बहसमा वरिष्ठ अधिवक्ता कार्की –विश्वासको मत गुमाएका प्रधानमन्त्रीलाई राष्ट्रपतिले बोक्नु भयो

लेक्स नेपाल  |
असार ०९, २०७८
476 Shares

असार ९, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्धामा रिट दायरकर्ताबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले ‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि राष्ट्रपतिले पदमुक्त गरिदिनु पथ्र्यो’ भनी जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीले संसद्को विश्वास लिन नसकेपछि न त उनी प्रधानमन्त्रीमा बस्न मिल्छ न त राष्ट्रपतिले प्रधानमन्त्रीमा बस्न दिन मिल्छ भनी तर्क गरेका छन् । 

बहसमा उनले भने, ‘मैले प्रतिनिधिसभामा विश्वासको मत लिन सक्दिन भनेर लिखित रुपमा राष्ट्रपतिलाई निवदेन लेखी स्वीकार गरी सकेपछि राष्ट्रपतिले विवेकसम्मत निर्णय गर्न सक्नु भएन’ उनको जिकिर छ । उनले भने, ‘राष्ट्रपतिले भन्नुपथ्र्यो कि –युआर नो मोर प्राइममिनिस्टर ।’

उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीको काम कारवाही समाधान गर्ने भन्दापनि अवरोध खडा गर्ने भयो । नैतिकता भएन । प्रधानमन्त्रीको पद खेलाँचीको पद हो ?’, देउवाले ७६(५) अनुसार राष्ट्रपतिसमक्ष आवश्यक सांसद संख्यासहित प्रधानमन्त्रीमा दावी पेश गरेकाले प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने वरिष्ठ अधिवक्ता कार्कीको जिकिर थियो । 
 

लेक्स नेपाल

थप समाचार