२०७८ - श्रावण - १८ | सोमबार

संसद् विघटन प्रकरण

बहसमा वरिष्ठ अधिवक्ता दाहाल – प्रतिनिधिसभा जोगाउने प्रयासलाई खिसिट्युरी गर्ने ?

लेक्स नेपाल  |
असार १०, २०७८
700 Shares

असार १०, काठमाडौं । प्रतिनिधिसभा विघटनबाट जोगाउने कुरा गर्दा सरकारी पक्षले निर्दलीय भनेर खिसिट्युरी गरेको वरिष्ठ अधिवक्ता हरिहर दाहालको तर्क छ । 

प्रतिनिधिसभा विघटविरुद्ध परेको रिटउपर संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता दाहालले बहुमत पुग्दा पनि दलीय हैसियत खोज्ने अधिकार राष्ट्रपतिलाई कसले दिएको भनी प्रश्न गरेका हुन् । 

“राष्ट्रपतिले वैकल्पिक सरकारको आह्वान गर्दै सूचना एउटा जारी गर्नुभएको छ,” उनले भने, “तर दलीय हैसियत नपुगेको भन्ने आधार लिनु भएको छ । उहाँलाई संविधानले ७६(५) मा पुगेपछि दलीय हैसियत खोज्ने अधिकार कसले दियो ? उहाँहरुले अहिले फेरि निर्दलीय अभ्यास भन्दै हुनुहुन्छ । सार्वभौम संसद् जोगाउने अन्तिम प्रयासलाई यसरी खिसिट्युरी गर्न मिल्छ ?” दाहालको प्रश्न थियो । 
 

लेक्स नेपाल

थप समाचार