२०७८ - कार्तिक - ०१ | सोमबार

गाइडलाइन बमोजिम कार्य सम्पादन गर्ने अठोट

बार काउन्सिलको पञ्चवर्षीय रणनीतिक योजनाको अनुमोदन

लेक्स नेपाल  |
असार ०९, २०७८
1.2k Shares

नेपाल कानुन व्यवसायी परिषदको बोर्ड बैठकले काउन्सिलको पञ्चवर्षीय रणनीतिक योजनाको अनुमोदन गरेको छ ।

कानुन व्यवसायी परिषद्ले कानुन व्ययसायीहरुको पेशागत अभिवृद्धिका लागि र संस्थाको संस्थागत विकास योजनाबद्ध किसिमले गर्दै जाने मुल उद्देश्यका साथ सबै प्रदेशका पार्षद्, विज्ञ समूह, सरोकारवाला निकायहरु समेतका बीच छलफल अन्तर्कृया सम्पन्न गरेको’ बार काउन्सिका पार्षद् प्रकाश पाण्डेले जानकारी दिनु भयो । 

उहाँले ‘काउन्सिलले यहि श्रावण मसान्त भित्र (काउन्सिल डे का दिन) उक्त रणनीतिक योजनाको विमोचन गरी सोही गाइडलाइन बमोजिम कार्य सम्पादन गर्ने अठोटका साथ परिषद लागि परेको’ बताउनु भयो । 

नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० बमोजिम स्थापित नेपाल कानुन व्यवसायी परिषद्ले कानुन व्यवसायको संस्थागत विकासकालागि अनुमोदन गरेको उक्त रणनीतिक योजनालाई महत्वका साथ हेरिएको छ । परिषद्ले बुधबार भर्चुअल मिटिङ्ग गरेर सो योजनालाई अनुमोदन गरेको हो । 

परिषद्मा महान्यायाधिवक्ता अध्यक्ष तथा नेपाल बार एशोसिएशनका अध्यक्ष पदेन उपाध्यक्ष रहने व्यवस्था छ । त्यसैगरी परिषद्मा ११ पार्षद् रहेका छन् । 
 

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८