२०७९ - जेष्ठ - ०२ | सोमबार

प्रधानन्यायाधीश राजिनामा प्रकरण

बारको आन्दोलन अब भर्चुअल माध्यम बाट हुने

लेक्स नेपाल  |
माघ ०५, २०७८
560 Shares

माघ ५,काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै भौतिक रुपमा आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएस अब भर्चुअल माध्यम बाट आन्दोलन गर्ने भएको छ । 

बुधबार विज्ञप्ती निकालेर बार महासचिव लिलामणि पौडेलले माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलन भर्चुअल माध्यम बाट गर्ने बताएका छन् ।
उनका अनुसार आन्दोलनको स्वरुप परिवर्तन भएर अब भर्चुअल माध्यमबाट ब्यापक अन्र्तक्रिया गरी आन्दोलनलाई निरन्तरता दिइनेछ ।

पछिल्लो समय देशभर र अझै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणको दर निरन्तर रुपमा बढिरहेको र नेपाल बार एसोसिएसनको आन्दोलनमा सहभागी करिब ३ दर्जन कानुन व्यवसायीमा समेत सङ्क्रमण भई उपचाररत रहेको पनि विज्ञप्तिमार्फत जनाइएको छ । 

नेपाल सरकार र स्थानीय प्रशासनले पनि भेला, जुलुस, धर्ना नगर्न सूचना जारी गरेको, सर्वोच्च अदालत तथा अन्य अदालतहरूले पनि सङ्क्रमण नियन्त्रणका लागि अदालतबाट पनि सेवा प्रवाहमा सङ्कुचन ल्याउने निर्णय गरि सूचना प्रकाशित भएको समेतका कारण देखाउँदै एसोसिएसनले हाललाई माघ १८ गतेसम्मका लागि आन्दोलनको स्वरूप परिवर्तन गरी भर्चुअल माध्यमबाट व्यापक अन्तरक्रिया गरी निरन्तरता दिने जनाएको छ ।

नेपाल बारको विज्ञप्तीः 

 

लेक्स नेपाल

थप समाचार