२०७८ - श्रावण - १८ | सोमबार

राजश्व रकम चुहावट गरी भ्रष्टाचार गरेको आरोप

चुडामणी शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाखको बिगो दाबी गरी मुद्दा दायर

लेक्स नेपाल  |
असार ०९, २०७८
604 Shares

असार ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका चुडामण्ी शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मनोमानी किसिमले वदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ बक्यौता कर छुट दिएको भनी राजश्व रकम चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा तीनजनाबाट विगोवापत कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

‘उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को दहाय –क) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले प्रतिवादीहरु लुम्बध्वज महत, उमेश प्रसाद ढकाल र चुडामण्ी शर्मा ढकाल (तत्कालिन महानिर्देशक, आन्तरिक राजस्व विभाग)  उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम विगो रु १,००,३३,२०,३८५ कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत ऐन, २०५९ को दफा ९ समेतको आधारमा विशेष अदालतमा मुद्धा दायर गरिएको छ’ अख्तियारबाट जारी विज्ञप्तीमा उल्लेख छ । 


 

लेक्स नेपाल

थप समाचार