२०७८ - बैशाख - २३ | बिहीबार

बारको पत्र

छुटेका कानुन व्यवसायीलाई कोभिड–खोप प्रदान गराइदिन स्वास्थ्य मन्त्रालयलाई बारको पत्र

लेक्स नेपाल  |
बैशाख १४, २०७८
183 Shares

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले कानुन व्यवसायीहरुका लागि खोप प्रदान गराइदिन स्वास्थ्य मन्त्रालयलाई अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले अन्य पेशा व्यवसायहरुलाई जस्तै कानुन व्यवसायीहरुलाई पनि पहिलो चरणको खोप उपलब्ध गराएकोमा काठमाण्डौँ उपत्यकामा थप २ (दुई) हजार कानुन व्यवसायीहरु अँझै वञ्चित रहेकाले खोप लगाउन छुटेका कानुन व्यवसायीहरुलाई खोप उपलब्ध गराउन बारले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको हो । 

कानुन व्यवसायीको सेवा पनि अत्यावश्यक सेवा भित्र परेकाले विभिन्न ठाउँमा छरिएका खोप केन्द्रहरुमा भिडभाड हुने र सोबाट संक्रमणको अवस्था बढ्ने भएकाले कानुन व्यवसायीहरुको परिचयपत्रको आधारमा छुट्टै खोप केन्द्र तोकि खोप लगाउने व्यवस्था मिलाउन बारले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख गरिएको छ । 

लेक्स नेपाल


थप समाचार

सङ्कटमा सुतेको सर्वोच्च

लेक्स नेपाल | बैशाख १९, २०७८

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल | बैशाख १५, २०७८