चैत १७, काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
आफूभन्दा जुनियर डिआइजीलाई बढुवा गरेको भन्दै असन्तुष्टि जनाउँदै प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वरबाबु कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले डीआईजी कार्कीको रिट दर्ता भएको पुष्टि गरे । उक्त रिटमा चैत २० गते आइतबार सुनुवाइ हुने भएको छ ।