२०७८ - आश्विन - ०६ | बुधबार

भर्नाका लागि श्रावण ८ गतेदेखि भदौ ८ गतेसम्म

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल  |
श्रावण ०८, २०७८
1.9k Shares

एल.एल.बी. प्रथम वर्ष शैक्षिक सत्र २०७६÷०७७ मा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फारम खुलेको छ । त्रिभुवन विश्वविद्यालय कानुन संकाय अन्तर्गत तीन वर्षे स्नातक तहमा भर्नाका लागि आवेदन खुलेको कानुन संकाय डिन कार्यालयले जनाएको छ । प्रवेश परीक्षाको आवेदन फारम वितरण कार्य सम्मन्धित कलेजहरुबाट मिति २०७८ श्रावण ८ गतेदेखि पुनः सूचारु गरिएको डिन कार्यालयले जनाएको छ । यसअघि कानुन संकाय डिनको कार्यालयले बैशाखमा फारम खुलाएको भएपनि लकडाउनका कारण फारम भर्ने मिति अनिश्चितकालका लागि स्थगित गरिएको थियो । 

नयाँ भर्ना फारम भर्नाका लागि श्रावण ८ गतेदेखि भदौ ८ गतेसम्म एक महिनाको समय दिइएको डिन कार्यालयले जनाएको छ । फारम भर्ने समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोएिको छ । एल.एल.बी. तीन वर्षे कानुनमा स्नाथक पढ्नका लागि अन्य जुनसुकै विषयमा भएपनि स्नातक पास गरेको हुनुपर्छ । फारम भर्नका लागि एस.एल.सि., कक्षा १२, स्नातक पास गरेको सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट र दुई प्रति पासपोर्ट साइज फोटो र रु. १२०० बुझाएको  दस्तुर पनि बुझाउनुपर्ने डिन कार्यालयले बताएको छ । 

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८