२०७९ - जेष्ठ - ०२ | सोमबार

एनआरएनएको चुनाव चैत ९ गतेसम्म नगर्न अदालतको आदेश 

एनआरएनएको चुनाव चैत ९ गतेसम्म नगर्न अदालतको अन्तरिम आदेश 

लेक्स नेपाल  |
चैत्र ०७, २०७८
564 Shares

चैत्र ६, काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएको १० र ११ चैतमा हुने निर्वाचन तत्कालका लागि रोक्न अदालतले अन्तरिम आदेश जारी गरिएको छ । 

उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको  इजलासले चैत ९ गते छलफलका लागि दुवै पक्षलाई बोलाएकोले  उक्त मिति सम्म निर्वाचन तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

उक्त रिटमाथि भएको प्रारम्भिक सुनुवाइमा चैत ९ गतेका लागि छलफल गर्न मिति तोकिएको छ । उक्त मिति  सम्म संघले निर्वाचनका लागि कुनै गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश समेत जारी भएको छ।
 

लेक्स नेपाल

थप समाचार