२०७८ - मंसिर - १२ | आईतवार

सर्वोच्चको ऐतिहासिक निर्णय

गोला प्रथा लागू गर्ने सर्वोच्चको ऐतिहासिक निर्णय  

लेक्स नेपाल  |
मंसिर ०९, २०७८
122 Shares

मंसिर ९, काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने ऐतिहासिक निर्णय गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट) ले सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

यसअघि प्रधानन्यायाधीशको तजबिजिमा मुद्धाको पेशी तोकिदै आएकोमा मंसिर १५ गते देखि भने गोला प्रथा बाट मुद्धाको पेशी तोकिने भएको हो ।  सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।


 

लेक्स नेपाल

थप समाचार