२०७८ - असार - १० | बिहीबार

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग

गण्डकीका सभामुख सर्वोच्चमा – जनमोर्चा सांसद पुनर्वहालीको आदेशविरुद्ध भ्याकेटको माग  

लेक्स नेपाल  |
जेष्ठ २६, २०७८
344 Shares

जेठ २६, काठमाडौं । गण्डकी प्रदेशका सभामुख नेत्रराज अधिकारीले सर्वोच्चको आदेशको खारेजीको माग गर्दै सर्वोच्च पुगेका छन् । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै उक्त आदेशको भ्याकेटका लागि बुधबार सभामुख अधिकारीले भ्याकेटको निवेदन दिएका हुन् ।

सर्वोच्चको अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग–अलग भ्याकेटका निवेदन परेका छन् । निवेदनमाथि बिहीबार नै सुनुवाइ हुने भएको छ । 

सर्वोच्चको आदेशपछि थापाको पुनर्वहालीसँगै गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बनन्ने निश्चित भएपछि  सभामुख अधिकारी भ्याकेटमा सर्वोच्च गएका हुन् ।
 

लेक्स नेपाल

थप समाचार