२०७८ - कार्तिक - ०१ | सोमबार

२७ हजार मुद्धा सिरानी राखेर प्रन्या कसरी निदाउनुहुन्छ ?

२७ हजार मुद्धा सिरानी राखेर प्रन्या कसरी निदाउनुहुन्छ ?

डा. रुद्र शर्मा  |
चैत्र ३०, २०७७
476 Shares

नेपाल बार एशोसिएसनको यहि जेष्ठ महिनामा हुन गईरहेको राष्ट्रिय सम्मेलनको तयारी भैरहेको छ । सहभागि जुटाउने, खानपिनको व्यवस्था, व्यागको व्यवस्था, भौतिक उपस्थितिमा गर्ने कि जुम मार्फत गर्ने जस्ता कामहरुको चटारो नेपाल बार एशोसिएशनलाई छ ।  हाल सर्बोच्च अदालतमा २७ हजार मुद्दा बिचाराधिन छन् भन्ने कुरा जगजाहेर छ । यो बिचाराधिन २७ हजारको संख्या बढेर अर्को बर्ष ३० हजार पुग्ला कि भन्ने अनुमान गर्न थालिएको छ । मुद्दाको पालो आँउदैन । न्याय माग गर्न अदालत आउनेहरु यति निरास देखिन्छन् कि यदि अदालतले समयमा निर्णय दिन नसकेकै कारणले सेवाग्राहीलाई चरम अन्याय पर्न जान्छ भने त्यस्तो अदालत नै किन चाहियो ? यस्तो कालो कोट, बार र र सम्मेलनका के अर्थ ? के यो सम्मेलनले यी बिचराधिन २७ हजार मुद्दाको चाडै फर्स्योट हुने शुत्र पत्ता लगाउला ? न्याय पालिका शुध्दिकरण अभियानले केही त्यस्तो शुत्र सुझाएको छ कि ? यो अभियान पनि पेशी व्यवस्थापनको सेरोफेरोमै अल्मलिएको त छैन ?

 

प्रधानन्यायाधीश ज्युको अनुहार हँसिलो नै देखिन्छ । सम्माननियज्युको हासो सगै हास्न मलाई पनि मन लाग्दो हो । तर सम्माननिय प्रधानन्यायाधीश ज्युको हुसिलो मुहार सगै मुद्दाको पक्षको निरास स्वरले झस्काउँछ, ‘मेरो मुद्दाको पालो कहिले आँउछ’ त्यस पछि हास्न सकिँदैन । मुद्दाको पक्षलाई जवाफ दिन पनि सकिँदैन ।  

 

यो बिषयमा साच्चिकै गम्भीर हुनुपर्ने बेला आएको छ । यसको समाधान आजको आवश्यकता हो । यसको समाधानको लागि हामीले सम्वाद गरेका छौँ अधिवक्ता डा. रुद्र शर्मा सँग ।  

 

 

https://www.youtube.com/watch?v=FI2vCkWI7tY&t=3s

डा. रुद्र शर्मा

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८