२०७८ - माघ - ०५ | बुधबार

प्रधानन्यायाधीश राजिनामा प्रकरण

हाम्रो माग प्रधानन्यायाधीश जबराकै राजिनामा होः बारका सदस्य पण्डित 

लेक्स नेपाल  |
पुष १२, २०७८
358 Shares

पुष १२, काठमाडौँ । नेपाल बार एशोसिएसनका केन्द्रिय सदस्य डा.शिवराज पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजिनामा दिनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश जबराले  राजिनामा नदिए सम्म आन्दोलन जारी राख्ने पनि बताएका हुन ।

सदस्य पण्डितले भन्नुभो यतिखेर हामि अत्यन्तै अप्ठ्यारो अवस्थामा भएकाले  हामि पछाडी फर्किने अवस्था पनि छैन, तर हामिले महिनौं दिन सम्म गरेको आन्दोलनको केहि उपलब्धि विना ब्याग हुने अवस्था भयो भने बारको इतिहासमा नै एउटा कलङकी हुने अवस्था आउन सक्ने संकेत देखिन्छ । 

लेक्स नेपाल संग कुरा गर्दै बारका सदस्य पण्डितले भन्नु भो हाम्रो एउटा पाटो सडक आन्दोलन, वक्तव्य , कार्यक्रम र्याली नै हो । उहाँले नैतिकता भन्ने कुरालाई ख्याल गर्नु भएन । त्यो प्रक्रिया बाट उहाले राजिनामा  नदिए पछि हामिले दास्रो माहाअभियोगको प्रक्रिया अघाडी बढाउनु पर्यो भनेर हामिले राजनितिक दलहरुलाई अनुरोध गरि राखेका छौँ।

पण्डितका अनुसार ‘‘न्यायापालिकाको नेतृत्व (लिडर) सम्हाल्नु भएका सम्माननीय प्रधानन्यायाधीशले न्यायनिरुपण गर्ने सन्दर्भमा आर्थिक अनियमितताका कुरा धेरै उठे। उहाँ कार्यपालिकाको भागबन्डामा पनि संलग्न हुनुभयो भन्ने कुरा पनि बाहिरिए । यो त अति नै भयो, उहाँले न्यायका आम उपभोक्ताले नै थाहाँ पाउने गरी खुल्लम खुल्ला न्यायपालिकाको गरिमा मेट्ने काम गर्नु भयो । त्यो स्थितिले गर्दा न्यायपालिकाको एउटा जिम्मेवार संस्थाको नाताले हामीले न्यायपालिकामा भएका विकृति विसंगतिलाई हटाउनुपर्छ भन्ने ढंगले विरोध गरेका हौँ।”

उहाले भन्नुभो न्यायालयको शुद्धीकरणका निम्ति प्रधानन्यायाधीश सामु हामीले राखेका धेरै मागहरु सर्वोच्च अदालतमा उनको कार्य सम्पादन संग जोडिएका छन् । जिल्ला र उच्च अदालतमा उठेका कतिपय मागहरु पनि उहाँ संगै जोडिएकाले जुन विकृति विसंगतिलाई नेतृत्वकै तहबाटै नै  हटाउन सकिने र त्यसमा प्रधानन्यायाधीश असफल भएपछि हामीले उहाँको राजिनामा मागेको बताए ।

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८