२०७८ - मंसिर - १२ | आईतवार

सर्वोच्चको ऐतिहासिक निर्णय

हेर्दाहेर्दैका मुद्धा पनि गोला प्रथामै लगिने सर्वोच्चको निर्णय 

लेक्स नेपाल  |
मंसिर ०९, २०७८
80 Shares

९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले हेर्दाहेर्दै र निर्णय सुनाउने भनी इजलास तय गरेको मुद्दासमेत फेरि गोलाप्रथाबाट इजलास तय गर्ने निर्णय गरेको छ । निश्चित न्यायाधीशहरुको इजलासबाट टुंगिने भनी तय भएका मुद्दा समेत सर्वोच्च अदालतले गोलाप्रथाबाट फेरि सुनुवाइ गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पेशी तोक्दा सुनुवाइ भएका कतिपय मुद्दा हेर्दाहेर्दैमा छन् । ती मुद्दाको न्याय निरुपणमाथि शंका हुने भएकाले फेरि गोलाप्रथाबाट इजलास चयन हुने भएको हो ।  ती न्यायाधीशले बताए ।

अदालतमा विचाराधीन मुद्दामध्ये निरन्तर सुनुवाइ गरी न्यायनिरुपण गर्नका लागि मुद्दा हेर्दाहेर्दैमा राखिन्छ । हेर्दाहेर्दैमा राखिएको मुद्दा त्यही न्यायाधीशहरु नै सम्मिलित इजलासमा सुनुवाइ हुन्छ । 


 

लेक्स नेपाल

थप समाचार