२०७८ - मंसिर - १२ | आईतवार

संसद् विघटन प्रकरण

इजलासमा बन्दीको व्यङ्गय –‘राष्ट्रपतिले प्रधानमन्त्रीमा मलाई केपी ओली नै चाहिन्छ भन्नुभयो’

लेक्स नेपाल  |
असार ०९, २०७८
924 Shares

असार ९, काठमाडौँ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बुधबारदेखि सर्वोच्च अदालतमा निरन्तर भइरहेको सुनुवाइमा रिट निवदेन तर्फका कानुन व्यवसायीहरुको बहस जारी छ । बहसको क्रममा निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ता गोविन्द बन्दीले ‘राष्ट्रपतिबाट संविधानभन्दा बाहिर गएर असीमित अधिकारको प्रयोग भएको’ जिकिर गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न तथा संसद विघटन खारेजीको मागसहित १४६ सांसदको तर्फबाट दायर रिटको सम्बन्धमा बुधबारदेखि विषय केन्द्रित बहस सुरु भएको हो ।

अधिवक्ता बन्दीले बहसका क्रममा भने, ‘राजाको कमदलाई खारेजी गरेर संवैधानिक दायरामा ल्याउने अदालतले राष्ट्रपतिलाई असीमित अधिकार प्रयोग गर्न दिन मिल्दैन । एउटा गीत छ–मलाई त्यही केटी चाहिन्छ भन्ने, राष्ट्रपतिले मलाई केपी ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नुभयो, उहाँका गतिविधिले त्यही देखाउँछ ।’

बहुमत १४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानधनमन्त्रीमा गरेको दाबीलाई अस्वीकार गर्नै अधिकार राष्ट्रपतिसँग नरहेको उनले बताए । 

त्यसैगरी अधिवक्ता बन्दीले संविधानको धारा ७६ (५) मा दलको ह्वीप नलाग्ने जिकिर गरे ।

उनले भने, ‘राजनीतिक दल सम्बन्धी ऐनको दफा २८ ले चार अवस्थामा मात्रै ह्वीप उल्लंघन गर्न नहुने भनेको छ। ती चार अवस्था अहिले होइन ।’

लेक्स नेपाल

थप समाचार