२०७८ - असार - १० | बिहीबार

संवैधानिक इजलास विवाद

इजलासमा कड्किए न्यायाधीश खतिवडा –बेन्च बारे अब वहस नगर्नुहोस्

लेक्स नेपाल  |
जेष्ठ २६, २०७८
830 Shares

जेठ २६, काठमाण्डौँ । संवैधानिक इजलासको बुधबारको बसहमा न्यायाधीश ईश्वर खतिवडाले इजलासमा अबको बहस बेञ्च गठनमा नगर्न आदेश दिएका छन् । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा यसयघिका दुबै इजलास गठनमै बहस केन्द्रित भएपछि मूल मुद्धामा बहस नै हुन पाएको थिएन । बुधबारको इजलामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इजलासका न्यायाधीशका विषयमा अब प्रश्न नउठाउन समेत चेतावनी दिएका हुन् ।  

उनले अब यही इजलास निरन्तर हुने र यसैले मुद्दाको सुनुवाइ गर्ने भन्दै कानुन व्यवासायीलाई यस्तो आदेश दिएका हुन् । ‘यो नै फाइनल इजलास गठन हो । हामी चारजना एउटै डुंगामा सवार छौँ । अब थप कुरा नउठाउनुस् । इजलासमा उठेका प्रश्नहरूको उत्तर दिइन्छ ।’

यसअघि रिटन निवेदकका तर्फबाट इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले पुनः इजलास गठन गरेका थिए ।

आइतबारको इजलासमा सरकारी पक्षले रोस्टरमा रहेका ११ जनै न्यायाधीशले सुनुवाइ गर्न नमिल्ने तर्क गरको थिए। उनीहरूले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईका विषयमा पनि प्रश्न उठाएका थिए । तर, सर्वाेच्च  अदालतले भने अब यही इजलास मार्फत् सुनुवाई अगाडि बढ्ने बताएको छ । 
 

लेक्स नेपाल

थप समाचार