२०७८ - माघ - ०५ | बुधबार

प्रधानन्यायाधीश राजिनामा प्रकरण

जबरा पदमा रहदा सम्म न्यायालय अझै खराब अवस्थामा पुग्नेः अधिवक्ता अर्याल 

लेक्स नेपाल  |
पुष २२, २०७८
886 Shares

पुष २२, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पदमा रहेसम्म न्यायालय खराब अवस्थामा पुग्ने अधिवक्ता ओम प्रकाश अर्यालले बताउनु भएको छ । 

लेक्स नेपाल कुरा गर्दै अधिवक्ता अर्याले भन्नु भो ‘‘प्रधानन्यायाधीश जबराका भाईको नेतृत्वमा जुन एउटा गृह (आइपेक्स) बनाएको र उहाँका विचौलिया बाहिर बासेर न्याय प्रणालीमा कसरि सेटिङ्ग गर्ने भनेर एउटा अखडा नै बनाएर सेटिङ्ग मिलाई सकेपछि दाजुले सर्वोच्चमा पेसी तोक्ने र त्यो अनुसारको परिमाण निकालेर अर्थ आर्जन गर्नको लागि जुन एउटा गृह संञ्चालित छ त्यसको संरक्षण प्रधानन्यायाधीशले नै गरिरहेको अधिवक्ता अर्यालले बताएका छन् । 

सबैले प्रधानन्यायाधीश जबराको विपक्षमा अभिव्यक्ति दिएकोले प्रधानन्यायाधीशको बहिर्गमन नै न्यायालयको सुधार र स्वच्छ न्यायपालिका हुने भनिरहेका बेला प्राधनन्यायाधीश जबराले नैतिकताका आधारमा राजिनामा नदिएर कम्मर कसेर गृह सेटिङ्ग मिलाई रहेको बताए । 

सर्वोच्च अदालतले नै गठन गरेको माननीय न्यायाधीश हरिकृष्ण कार्की, प्रकाशमान सिहं रावत लगाएत बार एशोसिएसन सर्वोच्च अदालत, माहान्यायाधीवक्ताको कार्यलय,प्रशासन सबै मिलेर बनाएको प्रतिवेदनले अदालतमा विचौलियाको विकविकि, विकृति विसंगति, भ्रष्ट्रचार, बेन्च सपिङ्ग, न्यायालयमा सेटिङ्ग र न्यायाधीश समेत विचौलिया बढिरहेको उक्त प्रतिवेदनमा देखाएको छ  । 
 

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८