२०७८ - आश्विन - ०६ | बुधबार

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम

जनप्रतिनिधिबाटै मौलापुर नगरपालिकामा एक करोडभन्दा बढी भ्रष्टाचार (भिडियोसहित)

लेक्स नेपाल  |
श्रावण ०४, २०७८
1.6k Shares

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत मौलापूर नगरपालिमा एक करोढभन्दा बढी रकम भ्रष्टाचार भएको पाइएको छ । 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतका विकासनिर्माणका कार्यहरुमा रोतहटको मौलापूर नगरपालिकामा सरकारबाट साढे २ करोडको बजेट आएको भएपनि काम गर्ने स्थानीयले केवल एक करोड रकम पाएको मौलापूर नगरपालिकाका स्थानीयले बताएका छन् ।

कार्यक्रम अन्तर्गत श्रम गरेका स्थानीयको खातामा सरकारबाट ५१,१८३ रकम प्राप्त भएको तर नगरपालिकाका मेयर र अन्य जनप्रतिनिधिले प्राप्त रकमको केवल २०–३० प्रतिशत मात्रै रकम आफूलाई दिएको तर बाँकि ७०–८० प्रतिशत रकम भ्रष्टाचार गरेको जनप्रतिनिधिले बताएका हुन् । “प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्ततग स्थानीयहरुको खातामा ५१,१८३ रुपैयाँ प्राप्त भएपनि नगरपालिकाका मेयर र अन्य जनप्रतिनिधिको मिलेमतोमा स्थानीयवासीले कसैले १०,०००, कसैले १५,०००, कसैले १८,०००का दरले मात्रै रकम प्राप्त गरेको” युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य रामकल्याण यादवले जानकारी दिए ।

“सरकारबाट प्रत्येक स्थानीयलाई ५१,१८३ रकम प्राप्त भएको भएपनि मेयर र अन्य जनप्रतिनिधि मिलेर दुई तीन वाटा चेक कटाएर उनीहरुलाई हस्ताक्षर गर्न लगाएर उनीहरुलाई कसैलाई १३,००० त कसैलाई १८,००० मात्रै दिएर बाँकि रकम आफूले राखी भ्रष्टाचार गरेका हुन् ।” युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य यादवले बताएका हुन् । भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई कारबाहीको दायरमा ल्याउने पर्ने स्थानीयको माग छ । 

 

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८