२०७९ - जेष्ठ - ०२ | सोमबार

सर्वोच्च अदालतको अल्पकालीन आदेश

जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

लेक्स नेपाल  |
चैत्र ०८, २०७८
928 Shares

चैत्र ८, काठमाडौँ । जनप्रतिनिधिले पुनः उम्मेदवारी बन्न आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएर मात्रै जनप्रतिनिधिका लागि उम्मेदवारी दिन पाउने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । 

मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिता, २०७८ को दफा ३६ तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अल्पकालीन आदेश दिएको हो । 

आयोगले चैत ३ गते राजपत्रमा प्रकाशित गरेको आचारसंहिताको उक्त प्रावधानविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

उक्त सम्बन्धमा छलफलका लागि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र विपक्षी निर्वाचन आयोगलाई चैत १३ गते बोलाएको छ ।

यो पनि पढ्नुहोस् 

लेक्स नेपाल

थप समाचार