२०७८ - माघ - ०५ | बुधबार

स्वास्थ्य सम्बन्धी हक कार्यान्वयनको माग

ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप उपलब्ध गराउन सर्वोच्चको आदेश

लेक्स नेपाल  |
असार ०८, २०७८
640 Shares

असार ८, काठमाडौं । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोनाविरुद्धको खोप लगाउनुपर्ने हकदाबी गर्दै ज्येष्ठ नागरिकले दायर गरेको रिटमा सुनुवाइ गर्दैै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो ।

काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन नपाएपछि सर्वोच्चमा रिट दायर गरेका हुन् । २०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना वितिसक्दासमेत दोस्रो डोज नपाएपछि सर्वोच्च गुहारेका थिए । पहिलो डोज खोप लगाएको १५ हप्ता पुगिसक्दासमेत दोस्रो डोजको खोप नपाएको उनीहरुको जिकिर थियो । 

सरकारले फागुन २३ देखि पहिलो डोज कोभिसिल्ड खोप लगाएका (६५–७५ वर्ष सम्मका ज्येष्ठ नागरिक करिब साँढे १३ लाख) लाई २०७८ साल जेठ १५ भित्र दोस्रो डोज लगाइ सक्नुपर्ने भनेकोमा अँझै दोस्रो डोजको खोप लगाउन पाएका छैनन् । 

१३ लाखभन्दा बढी ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको तर दोस्रो डोज नपाएपछि नेपालको संविधानमा व्यवस्थित स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गरी पाउनका लागि सार्वजनिक सरोकारको विषय लिई अदालतमा रिट दायर गरिएको थियो ।

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८