२०७८ - आश्विन - ०६ | बुधबार

पूर्ण इजलासबाट हेरिने

कालीगण्डकी डाइभर्सन मुद्धामा सर्वोच्चका दुई न्यायाधीशबीच रायबाझी

लेक्स नेपाल  |
श्रावण ०६, २०७८
736 Shares

साउन ५, काठमाडौं । कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना सम्वन्धी मुद्दामा सर्वोच्चका दुई न्यायाधीशबीच राय  राय बाझीएको छ । डाइभर्सन परियोजना निर्माणका कामकारबाहीलाई तत्काल रोक्ने आदेश दिने वा नदिने भन्ने विषयमा न्यायाधीश हरिप्रसाद फुँयालले आयोजना रोक्न आदेन दिनुनपर्ने पक्षमा र न्यायाधीश प्रकाशमान सिंह राउतले तत्काल अयोजनाका कामकारबाही रोक्नु पक्षमा राय व्यक्त गरेको हुन् । 

न्यायधीश राउतले यो आयोजना सञ्चालन गर्दा हजारौं मानिसहरुको आस्थामा चोट पुग्ने तथा संवैधानिक एवं कानूनी व्यवस्था विपरित हुने जिकिर गरेका छन् । आयोजनालाई रोक्न अन्तरिम आदेश दिनुपर्ने उनको मत छ ।
अर्का न्यायाधीश फुँयालले भने आयोजनाका प्रारम्भिक कामहरु नै रोक्ने गरी अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेका छन् । दुई न्यायाधीसको राय बाझीएपछि यो मुद्दा पूर्ण इजलासमा जाने भएको छ ।

यसअघि प्रधानन्यायाधीस चोलेन्द्र शम्शेरले गत असार २९ गते आयोजनाको काम रोक्न अन्तरिम आदेश दिएका थिए ।

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८