२०७९ - असार - १२ | आईतवार

कानुन व्यवसायीहरुको १५ औं राष्ट्रिय सम्मेलन

कानुन व्यवसायीहरुको सम्मेलन माघको तेस्रो सातामा हुँदै 

लेक्स नेपाल  |
पुष ०४, २०७८
1.4k Shares

पुष ४, काठमाडौँ । १५ औं अखिल नेपाल कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन माघको तेस्रो सातामा हुने नेपाल बार एशोसिएसनका महासचिब लीलामणि पौडेलले बताउनु भएको हो । 

यस अघि बैशाखका लागि तय गरिएको कानुन व्यवसायको राष्ट्रिय सम्मेलन कोरोनाका कारण सरेको थियो । लेक्स नेपालसंग कुरा गर्दै बारका महासचिब लीलामणि पौडेलले त्यति बेला पोखरामा गरिने निर्णय गरिएको भनिएतापनि अब उक्त राष्ट्रिय सम्मेलन काठमाडौँमा नै गरिने बताउनु भएको छ ।

राष्ट्रिय सम्मेलनमा कानुन व्यवसायीको प्रमाण पत्र लिएकाहरुले मात्र भाग लिन पाउने व्यावस्था गरिएको छ । अहिले सम्म करिब १८,००० कानुन व्यवसायीहरुले मात्र प्रमाणपत्र लिएका छन ।

कानुन व्यवसायको राष्ट्रिय सम्मेलनमा हाल न्यायलयमा देखिएको गतिविधि र व्यावसाय सुधारका बिषयमा छलफल गरिने छ । 
 

लेक्स नेपाल

थप समाचार