२०७८ - बैशाख - २३ | बिहीबार

कोभिड–१९ मा आदलतका सेवा प्रवाह

कास्की जिल्ला अदालतबाट निषेधाज्ञामा सिमित सेवा मात्र प्रवाह गरिने

लेक्स नेपाल  |
बैशाख १४, २०७८
101 Shares

नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण सम्बन्धमा जिल्ला प्रशान कार्यालय कास्कीबाट बैशाख १५ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा लागू हुने भएकाले जिल्ला अदालत कास्कीले पनि सिमित सेवा मात्र प्रवाह गर्ने भएको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीबाट जारी भएको आदेशको बुँदा नं. ८ मा “स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधिजन्य उत्पादन तथा विक्रि वितरण लगाएतका अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्रवाह नगर्ने” भन्ने उल्लेख भएकाले कास्की जिल्ला अदालतबाट सिमित सेवाहरु मात्र प्रवह गर्ने सूचना जारी भएको हो ।  

निषेधाज्ञा अवधिभर निम्न सेवाहरु प्रदान गरिनेछ :
२) यस अवधिमा पर्नसक्ने बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाइ र फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अन्तर्गतका निवेदन,
(२) बाल सुधार गहृमा रहेका बालबालिका जिम्मा लिने सम्बन्धी निवेदनउपरको कारबाही, 
(३) पक्राउ पुर्जी अनुमति, जरुरी पक्राउ पुर्जीको समर्थन सम्बन्धी कार्य, अभियुक्तलाई अनुसन्धान तहकिकातका लागि हिरासतमा राख्न अनुमति दिने (म्याद थप गर्ने), कल डिटेल अनुमति, 
(४) अभियोगपत्र दर्ता गर्ने, पक्राउ परी आएका अभियुक्तको बयान लिने र थुतछेक आदेश गर्ने सम्बन्धी कार्य, 
(५) फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ अन्तर्गतको निवेदन सुनुवाइ, 
(६) पक्षहरु तारेखमा नरहेका र एकपक्षीय हुने डिसमिस, तामेली लगायतका मुद्धाको किनारा सम्बन्धी 
(७) विचाराधीन मुद्धाको मिलापत्र÷मुद्धा फिर्ता सम्बन्धी, 
(८) यसै विषयमा स्थानीय प्रशासन वा प्रदेश सरकार वा नेपाल सरकार वा उच्च अदालत पोखरा वा सर्वोच्च अदालतबाट समय समयमा हुने आदेश वा निर्णयको सम्बोधन आवश्यकता अनुसार गरिने । 

लेक्स नेपाल


थप समाचार

सङ्कटमा सुतेको सर्वोच्च

लेक्स नेपाल | बैशाख १९, २०७८

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल | बैशाख १५, २०७८