२०७९ - जेष्ठ - ०२ | सोमबार

काठमाडौँ जिल्ला अदालत

काठमाडौँ जिल्ला अदालतको सेवामा संकुचन 

लेक्स नेपाल  |
माघ ०५, २०७८
522 Shares

माघ ५, काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले दिदै आएका विभिन्न सेवाहरु भेलि बिहिबार देखि माघ १८ गते सम्म सेवामा संकुचन आउनका सार्थै विभिन्न सेवा कटौती गरेको छ । काठमाडौँ अदालतमा आज बसेको पुर्ण बैठकले उक्त निर्णय गरेको हो । 

कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोन लगाएतका विभिन्न असहज परिस्थिति भएको र माननीय न्यायाधिश, कर्मचारी लगाएत हालसम्म ३० जनामा  कोरोना संक्रमण देखिइएको र धेरै माननीय न्यायाधिश ज्यूहरु र कर्मचारीहरुमा मिल्दोजुल्दो लक्षण देखिएकाले अदालतमा हुने उपस्थिति र भीडभाड लाई आवश्यक व्यवस्थापन गरी संक्रमणलाई न्यूनीकरण गर्नका लागि जिल्ला अदालतले उक्त सुचना जारी गरेको हो ।

भोली देखि काठमाडौँ जिल्ला अदालतमा फौसला कार्यन्वयन संग सम्बन्धित थुनुवार कैदीका निवेदन,अभियोग प्रत्र दर्ता गर्ने, बन्दीप्रत्यक्षीकरण सम्बन्धि निवेदन, मुद्दा फिर्ता, मिलापत्र डिसमिस सम्बन्धि काम कारबाहि र थुनुवा प्रतिवादि भएका मुद्दाको लगाएतका मुद्दा निवेदनको सुनुवाइ हुने भएको छ । 

मंगलबार बसेको पूर्ण बैठक (फुलकोर्टमाले) कोरोना भाइरस बढ्दै गएका कारण बुधबार देखि सर्वोच्च अदालतमा सेवा कटौतीसँगै सर्वोच्च अदालतले अब माघ १८ गते सम्म ६ प्रकारका सेवामा मात्र सुनुवाइ गर्ने निर्णण निर्णय गरेको थियो । 

उक्त बैठकमा उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरूको हकमा स्थानीय परिस्थिति एवंम जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्थासमेतकोर मूल्याङ्कनका आधारमा काम कारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको थियो । 

संक्रमणदर घट्दै गएको अवस्थामा सेवा सुचारु गर्ने काठमाडौँ अदालतले जनाएको छ । 

काठमाडौँ अदालतको सूचना

लेक्स नेपाल

थप समाचार