२०७८ - माघ - ०५ | बुधबार

प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा उक्त मुद्दाको पेशी रहेको थियो।

मुद्धा ब्युँताउन कम्पनीहरु सर्वोच्चमा

लेक्स नेपाल  |
चैत्र ३०, २०७७
730 Shares

२०७६ पुस २६ गते नक्कली भ्याट बिल प्रकरणमा लगातार पाँच वर्षसम्म सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अन्तिम फैसला सुनायो। प्रधानन्यायाधीश आफैं संलग्न इजलासले भाटभटेनी सुपर मार्केट एण्ड डिमार्टमेन्टल स्टोर, अरूण इन्टरकन्टिनेन्टल, शंकर ग्यास, महेश बानियाँ र आईएटी प्रालिलाई दोषी ठहर गर्‍यो।

 

सर्वोच्चको यो फैसलाको पूर्णपाठ तयार गर्न करिब एक वर्ष लगायो। फैसलाको पूर्णपाठ तयार भएलगत्तै २०७७ फागुन ३ गते भाटभटेनीले पुनरावेदन मुद्दा दर्ता गरायो। 

 

मूल्य अभिवृद्धि कर र आयकरमा भएको कर निर्धारण गैरकानुनी भएको जिकीर गर्दै नक्कली भ्याट बिल प्रकरणमा आफूलाई दोषी ठहर गर्ने फैसला त्रुटीपूर्ण भएको जिकिर उसले गर्‍यो। भाटभटेनीले दायर गरेको पुनरावेदन चैत १२ गते पेशीमा चढ्यो। एकपटक संयुक्त इजलासले सुनाएको फैसलालाई चुनौती दिँदै दायर भएको उक्त निवेदनमा न्यायाधीश तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले मिसिल झिकाउने आदेश गर्दै मुद्दा पुनः ब्युँताइदियो।

 

तीन जना न्यायाधीशको पूर्ण इजलासबाट भएको उक्त आदेशपछि अब यो मुद्दामा पुनः बहस हुनेछ। भाटभटेनीको मुद्दा सर्वोच्चमा बहस शुरु भएपछि अन्य कम्पनीहरू पनि पुनरावेदन लिएर सर्वोच्च जाने अन्तिम तयारीमा रहेका छन्। अरूण इन्टरकन्टिनेन्टल, शंकर ग्यास, महेश बानियाँ र आईएटी प्रालि पनि सर्वोच्च जाने तयारीमा लागेका हुन्।

 

२०७५ सालमै दर्ता भएको वरुण वेभरेजको मुद्दा भने सर्वोच्चमा विचाराधीन छ। २०७५ कात्तिक २७ गते सर्वाेच्चमा दर्ता भएको वरुणको मुद्दा चैत २७ गते प्रधानन्यायाधीश राणासहितको तीन न्यायाधीशको इजलासमा पेशी तोकिएको थियो। प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा उक्त मुद्दाको पेशी रहेको थियो।

 

प्रधानन्यायाधीश राणा आफैंले आफ्नो इजलासमा उक्त मुद्दा राखेका थिए। तर, पक्षका कानुन व्यवसायीले हटाउने निवेदन दिँदै उक्त मुद्दाको सुनुवाइ सारेका थिए। उक्त मुद्दाको अर्को पेशी अब २०७८ साल वैशाखमा हुनेछ। हाल तोकिएका न्यायाधीशबाहेकको इजलासमा पेशी तोकिने सम्भावना छ।

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८