२०७८ - बैशाख - २३ | बिहीबार

एमालेको शक्तिसंघर्ष सर्वोच्चसम्म

माधव नेपाल समूहलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

लेक्स नेपाल  |
बैशाख १४, २०७८
38 Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माधव नेपाललगायत नेताहरूले आफूमाथि हुन लागेको कारबाही रोकी पाऊँ भन्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

एमाले नेता माधवकुमार नेपाललगायत नेताहरूले सर्वोच्चमा हालेको रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको इजलासले स्पष्टीकरणमात्र सोधेको कारबाही भइनसकेको अहिलेको अवस्थामा माग अनुसारको  अन्तरिम आदेश दिन नपर्ने भनेको हो ।

‘हालको प्रारम्भिक अवस्थामा पार्टीको आन्तरिक कार्य व्यवस्थाको शिलशिलामा स्पष्टीकरण सोधिएकै भरमा मात्र माग गरेबमोजिमको अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन’, उक्त इजलासको आदेशमा भनिएको छ । यसैगरी उनीहरूलाई किन स्पष्टीकरण सोधिएको हो उनीहरूले माग गरेअनुसारको अन्तरिम आदेश किन नदिनेलगायत प्रश्नको जवाफ १५ दिनभित्र  दिन विपक्षीहरूलाई आदेश दिएको छ । 

माधव नेपाललगायतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतलाई विपक्षी बनाएर रिट हालेका थिए । नेपाललगायत नेताहरूले आफूहरूलाई संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेर सांसदबाट हटाउन लागेकाले त्यसरी नहटाउन अन्तरिम आदेश माग गरेका थिए । 

सर्वोच्चले यो कुरा अन्तिम सुनुवाइका क्रममा पनि सम्बोधन हुनसक्ने बताएको छ ।

लेक्स नेपाल


थप समाचार

सङ्कटमा सुतेको सर्वोच्च

लेक्स नेपाल | बैशाख १९, २०७८

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल | बैशाख १५, २०७८