२०७८ - आश्विन - ०६ | बुधबार

जवाफ आएको तेस्रो दिनदेखि निरन्तर सुनुवाइ हुने

ओलीको रिटमा दुबै पक्षलाई बोलाउन सर्वोच्चको आदेश

लेक्स नेपाल  |
भाद्र २२, २०७८
274 Shares

भाद्र २२, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । एमालेले माधव नेपालसहित १४ र लुम्बिनीका २ सांसद पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगराएको भन्दै संघ र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध रिट दायर गरेको थियो। उक्त रिटमा प्रधानन्यायाधीश जबराको इजलासले भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको छ। राणाको एकल इजलासले १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको हो । आदेशअनुसार जवाफ आएको तेस्रो दिनदेखि निरन्तर सुनुवाइ हुनेछ ।

तर सर्वोच्च अदालतले नेकपा एमाले विभाजन गरेर नेकपा समाजवादी गठन गर्ने गरी भएको निर्णय खारेज गर्न माग गर्दै दिएको अर्को रिटमा भने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्च अदालतले नेकपा एमाले विभाजन गरेर नेकपा समाजवादी गठन गर्ने गरी भएको निर्णय खारेज गर्न माग गर्दै दिएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिनुपर्ने आधार कारण नदेखिएकाले’ भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरी विपक्षीबाट लिखित जवाफ मगाउने आदेश दिएको हो। ‘विपक्षी निर्वाचन आयोगबाट भदौ ९ मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी दल  दर्तासँग सम्बन्धित रहेको सम्पूर्ण निर्णय कागजातहरू झिकाइ विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएको तीन दिनभित्र पेसीमा चढाइ नियमानुसार गर्नू।’ सर्वोच्चको आदेशमा उल्लेख छ । ओलीको रिटमा रमेश बडाल, बाबुराम दाहाललगायतले बहस गरेका थिए ।

एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो। तर सभामुख अग्नि सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधिसभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई पठाएका थिए। 

सभामुखले १५ दिनभित्र सूचना टाँस्नुपर्ने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनमा छ। तर सभामुख सापकोटाले १३ औं दिनमा माधव नेपालसहितका १४ सांसदले नयाँ दल दर्ता गरिसकेको अवस्थामा कारबाही गरिरहनु नपर्ने निर्णय गरेका थिए। 

नेकपा एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ।

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८