चैत्र २, काठमाडौँ । नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले उक्त रिट खारेज गर्ने फैसला गरेको हो ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थियो त्यसमा सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो । नागरिकता अध्यादेशको विरोधमा त्यतिबेला फरक फरक ६ वटा मुद्दा परेका थिए ।
उक्त अध्यादेश विरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित तीन छुट्टाछुट्टै रिट परेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको थियो ।