२०७८ - असार - १० | बिहीबार

नागरिकता अध्यादेश प्रकरण

नागरिकता सम्बन्धी अध्यादेश : महिला दृष्टिकोणमा विश्लेषण (भिडियो)

लेक्स नेपाल  |
जेष्ठ १०, २०७८
400 Shares

अधिवक्ता तथा अधिकारकर्मी मिरा ढुङ्गानाले मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिबाट जेठ ९ गते जारी भएको अध्यादेशले महिलालाई केही हदसम्म राहत दिएको बताउनु भएको छ । लेक्स नेपालको कार्यक्रम ल टक मा बोल्दै अधिवक्ता ढुङ्गानाले नेपालमै जन्मिएर यहीँ वसोवास गरिरहेका एकल आमाका सन्तानहरुले लामो समयदेखि अनागरिकको अवस्था रही रहेका बेलामा जन्मसिद्ध नागरिकताको प्रावधानले धेरै नागरिकको अधिकार सुनिश्चित गर्ने बताउनु भएको हो । 

नागरिकतासम्बन्धी अध्यादेशले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान गरेको छ । यसले वास्तविक नेपालीहरुले नागरिकता पाउने भन्दा पनि गैरनेपालीलाई नागरिकता बाँड्ने नियतले सरकारले यो अध्यादेश ल्याएको भनेर आलोचना भइ रहेको छ । तर अधिवक्ता ढुङ्गानाले भने राजनीतिक स्वार्थमा यसलाई प्रयोग गरिने भएपनि वास्तविक रुपमा नागरिकताबाट वञ्चित हुनु परेकाले नागरिकता प्राप्त गर्ने आधार बनेको बताउनुभयो । उहाँले बरु नागरिकता दिँदा प्रक्रियामा छानबिन र स्पष्टता हुनुप¥यो तर यतै जन्मेर यतै बस्ने नागरिकलाई अनागरिक राख्न नमिल्ने जिकिर गर्नुभयो । 

पूरा भिडियो हेर्नुहोस् ...

मिरा ढुङ्गाना,
अधिवक्ता तथा अधिकारकर्मी

लेक्स नेपाल

थप समाचार