२०७९ - जेष्ठ - ०२ | सोमबार

नेपाल बार एसोसिएसनको निर्वाचन कार्यक्रम सार्वजनिक

नेपाल बार एशोसिएसनको चैत्र १९ गते हुने चुनावको लागि निर्वाचन कार्यक्रम सार्वजनिक 

लेक्स नेपाल  |
फाल्गुन ०९, २०७८
756 Shares

फागुन ९, काठमाडौँ । नेपाल बार एशोसिएसनको चैत्र १९ गते हुने चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । उक्त बारको चुनाव देशभर एकै चरणमा हुने निर्वाचन समितिले जनाएको छ ।  
चुनावबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् । 

निर्वाचन समितिका अनुसार चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिनेछ भने नामावलीमा दावी विरोधको मिति फागुन १३ गतेलाई तोकिएको छ ।

अन्तिम नामावली फागुन २० गते प्रकाशित हुँदा फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।  


नेपाल बार

 

लेक्स नेपाल

थप समाचार