२०७८ - मंसिर - १२ | आईतवार

न्यायिक व्यक्तित्व

नेपाली कानुन प्रणालीका अनुसन्धानकर्ता

लेक्स नेपाल  |
बैशाख ०१, २०७८
1.4k Shares

सुख र दुःखको मिलन जिन्दगी । समयानुकुल हुने परिवर्तनको कारक जिन्दगी । अनि त्यही परिवर्तन भित्रको एक पात्र र भोगीको दृष्टान्त जिन्दगी । कैयन उकाली ओराली पार गर्दै, यात्राका साना साना घटना परिघटनालाई अनुभव र अनुसरण गर्दै कहाँसम्म पुग्छ कसले जानोस् । आजको दुधे बालकको भोलीको वास्तविक यर्थाथ कसले भनोस् । जीवनका विविध रंगहरुमा रंगिने रहस्मय जिन्दगी कसले बुझ्नसकोस् । यस्तै एउटा सामान्य किसान परिवारमा जन्मी नेपालको राजदरबारमा निरन्तर सेवा गर्दै विशिष्ट ओहदासम्म पुगेका नेपालको कानुनी इतिहास र साहित्यमा निरन्तर कलम चलाएर नेपालको कानुनका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक स्रष्टा हुन् रेवतीरमण खनाल । 
नेपालको कानुन प्रणाली हिन्दू कानुन पद्धतिभित्र नेपालीपनले विकसित हुँदै आएको हो । परम्परादेखि नेपाली समाजले अपनाई आएको, नेपालले आफ्नो अभिन्न अङ्गको रूपमा मानि आएको न्याय सम्बन्धी परिपाटी नै नेपालको न्यायिक पद्धति हो । नेपालको न्यायिक पद्धति धर्मशास्त्र र स्थानीय रीति स्थिति तथा चलन–व्यवहारबाट विकसित हुँदै आएकोले त्यसमा ऐतिहासिक रूपमा अध्ययन हुनुपर्छ भनेर यसको अध्ययन अनुसन्धान गर्दै आजको विकसित रुपमा तुल्याउन विशिष्ट योगदान पु¥याउने नेपालको कानुनी इतिहासका एक अनुसन्धानकर्ता हुन् रेवतीरमण खनाल । 
तनहुँ जिल्लाको सिमपानी आमडाँडामा १९९० साल आषाढ २५ गते पिता गोवर्धन खनाल र माता यशोदादेवीको द्वितीय पुत्रको रुपमा रेवतीरमणको जन्म भयो । स्थानीय गाउँले परिवेशमा हुर्केका रेवतीको शिक्षादिक्षा आफ्नै हजुरबा उमानाथले क, ख, पढाएबाटै आरम्भ भयो र उनले गाउँमै गुरुकुलको शैलीमा चण्डी, रुद्री, अंकगणित, अमरकोश, लघुकौमदी लगाएतका संस्कृत पुस्तकहरु अध्ययन गरेका थिए । मधेशमा पनि उनको मौजा भएकाले आमासँग बेलाबेलामा मधेश जाने र भारतको बनारससम्म पुगेर फर्किने अनि पुनः गाउँमे गएर पढ्दैमा बितेको थियो उनको बाल्यकाल । बनारसको यात्राका बेला हिन्दुविधि कानुन लागु हुने मुद्याका फैसलामा अहलाबादका न्यायाधीशले संस्कृतको पाणिनीको व्याकरण कण्ठै पारेर प्रवचन दिएको देखेर रेवतीलाई पनि कानुन पढ्न प्रेरित गरेको थियो, लामो समयसम्म उनको जीवनमा यसको प्रभाव प¥यो ।
गाउँमा प्रारम्भिक तहको शिक्षा पुरा गरेपछि थप अध्ययनका लागि उनी काठमाण्डौँ आइ रानीपोखरी संस्कृत पाठशालामा भर्ना भइ अध्ययनलाई अगाडि बढाएका थिए । संस्कृत पढ्ने क्रममा रेवती सदा सत्य बोल्ने, नचाहिने कुरा नगर्ने, पुस्तकालयका विचार प्रधान सैद्धान्तिक पुस्तक प्रायः पढ्ने र उनका प्रस्ताव र भनाइ तर्कसम्मत र प्रमाणले पुष्ट हुने भएकाले सहकर्मी मित्रहरुले उनको उपनाम नै ‘वैधानिक’ राखेका थिए । त्यसबेला कानुन पढ्ने कल्पना समेत नगरेका कालान्तरमा भने उनले यी र यस्तै नियमसंगत व्यवहार गर्ने भएकाले कानुनमा आकर्षित भए । यसैबीच उनले अंग्रेजी विषय पढ्ने विद्यार्थीहरुभन्दा पछि नपरोस् भनेरै अङग्रेजी पढे र ज्योतिष विषय लिएर उत्तरमध्यमा पनि उत्तीर्ण गरे । विभिन्न पत्रपत्रिकामा काम गरेर लेखहरु प्रकाशन गर्ने समेत गरेका थिए उनले ।
संस्कृत छात्र संघमा आबद्ध रहेर संस्कृत विश्वविद्यालय स्थापना र लोकसेवामा संस्कृत विषयलाई समावेश गरिनका लागि उनको पनि उल्लेख्य योगदान रह्यो । यसैबिच २०१७ साल पौष १ गतेको शाही घोषणाबाट देशमा पञ्चायत शासन लागु भयो । राजा महेन्द्रबाट उठाएको कदमप्रति समर्थन तथा सहयोग गर्न र काम गर्न चाहने विभिन्न पार्टीमा पहिले काम गरेका र स्वतन्त्ररुपमा रहेका असल नागरिकलाई आह्वान भयो । रेवतीरमणले पनि लिखित निवेदन दिएका थिए । उनले सरकारी सेवामा प्रवेश पाए । जनसम्पर्क अफिस राजदरबारमा अधिकृतमा नियुक्त भई पाल्पा जिल्लामा खटिए । तत्पश्चात ‘रोभिँग अफिसर’ हुँदै अधिकृत सुब्बा बने संवाद सचिवालयमा काम गरी विशेष जाहेरी विभागमा समेत सरुवा भए जहाँ उनले २२ वर्षसम्म सेवा गरेका थिए । विशेष जाहेरी विभागमा काम गर्दा उनले धेरै मुद्या मामिला समाधान गर्नुपर्ने आवश्यता प¥यो र कानुनको औपचारिक अध्ययन प्रारम्भ गरे । 
कानुन पढ्दा उनले निकै मेहनत गरे । स्वदेशी तथा विदेशी लेखकहरुका पुस्तकहरुको गहिरो अध्ययन गरे । उनी बी.एल.मा प्रथम भएर उत्तीर्ण भए । त्यतिखेर कानुनमा प्रथम हुनेलाई कुनै पदक दिने चलन थिएन तर त्रिभुवन विश्वविद्यालयका तर्फबाट प्रथम भएकोमा शुभकामनासहित उनलाई प्रशंसापत्र प्रदान गरियो । पढाइमा अब्बल नै भएकाले उनलाई ल क्याम्पसले शिक्षक भएर पढाइदिन समेत अह्वान ग¥यो । 
शिक्षकको रुपमा पढाउँदा रेवतीले नेपालको कानुन प्रणाली विकासमा विशेष पहल कदमी गरे । नेपालमा नेपालकै कानुन प्रणली पढाइनुपर्छ भन्दै यसको विजारोपण गरे र यसमा आवश्यक पुस्तकहरुको लेखनी पनि गरे । विभिन्न खोज अनुसन्धानबाट कानुन विषयका विद्यार्थीका लागि धेरे पुस्तकको रचना समेत गरे उनले ।
नेपालको कानुनी इतिहास छुट्टै रूपमा कहिल्यै लेखिएन । कानुनका कुरा पनि छिटपुट रूपमा कुनै–कुनै शिलालेखमा लेखियो । राजा राम शाहले बाँधेको थिति, पृथ्वी नारायण शाहको दिव्योपदेश र जयस्थिति मल्लको मानव न्याय (धर्म) शास्त्रलाई नै पढेर नेपालको प्राचीन कानुनी इतिहासको आँकलन गर्नुपर्ने बाध्यता छ । ०६३ साल जेठ ४ गतेको संसदीय घोषणाले नेपाल धर्म निरपेक्ष राष्ट्र भएपनि नेपाल हिन्दू अधिराज्य भएकोले यसको उत्पत्ति कालदेखि यहाँ हिन्दू धर्मशास्त्र सम्मत शासन व्यवस्था र न्याय व्यवस्था प्रचलित हुँदै आएको छ र आर्यसंस्कृतिको संरक्षण हुँदै आएको छ । नेपालको कानुनी इतिहास र धर्मशास्त्र एक अर्कामा पूरकको रूपमा रहेको छ । धर्मशास्त्र तथा नीतिशास्त्र र त्यसमा आधारित टिकाटिप्पणीहरु नेपालको कानुनी इतिहासका मुख्य स्रोत हुन् र हिन्दु धर्मशास्त्रसम्मत हाम्रो कानुनी व्यवस्था छ भन्दै वकालत गर्ने रेवतीरमणले यी सबै विषयलाई समेटी वि.सं. २०५९मा ‘नेपालको कानुनी इतिहासको रुपरेखा’ नामक पुस्तक प्रकाशन गरे । उक्त कृतिका लागि कानुन विषयमा पहिलो मदन पुरस्कार २०५९ सालमा प्राप्त गर्ने खनाल नै हुन् । 
रेवतीरमणले कानुन पढे, कानुनकै आधार लिएर आफ्ना विचार सम्प्रेशण गरे, नेपालको कानुन प्रणालीलाई सुधारोन्मुख बाटोमा डो¥याउन आफूले सक्दो योगदान पु¥याए । जे अध्ययन गरे, जे देखे, जे बुझे त्यही नै आफ्ना सशक्त लेखका माध्यमबाट नागरिकहरुमा पु¥याए । आफूले कानुन पढेको भएपनि कानुनी पेशामा देखिएका अमर्यादित कार्यहरुले वकालत पेशा धुम्मलिएकाले आफूले कहिल्यै वकालत गरेनन् तर एक सभ्य र मर्यादापूर्ण वकालतका निम्ति भने सदा कलम चलाइ रहे । 
नेपालको कानुन प्रणालीमा रेवतीरमण खनालले पु¥याएको योगदान साँच्चै नै उल्लेखनीय छ, अविष्मरणीय छ । कानुन मात्र नभइ राज्य प्रशासनका क्षेत्रमा समेत उनी एक सफल व्यक्तित्वका रुपमा देखिएका छन् । राजदरबारको सचिव पदमा नियुक्त हुँदा पं. तेजः केशरी शर्मा पौडेलले त्यसै कहाँ भनेका हुन् र – राजप्रासाद सेवाको प्रमुख सचिवालयको प्रमुख सचिव पदमा रहेका बुद्धिमान्, संस्कृतज्ञ, विद्वान्, धेरै प्रकारका विद्वानहरुले मानेका, शुद्धचित्त भएका, सम्माननीय भएर पनि मान नखोज्ने, सामान्य देखिने, राजा र जनताको सेवामा दत्तचित्त भएका, सत्यनिष्ठ, धेरै राम्रा गुण भएका, अर्का विदुरै हुन् कि जस्ता नीतिज्ञ, शंकाहरु निवारण गरेर काम गर्ने अर्का बलरामजस्ता रेवतीरमण भनेर रेवतीरमणको ‘राजनीति कुसुमाकरमा’ उल्लेख जो गरिएको छ । रेवतीको उद्देश्य नै कानुनको शासन स्थापित गर्नु हो न्यायपूर्ण समाजको निर्माण होस् भन्ने चाहना हो । 
कानुनका क्षेत्रमा रेवतीरमण खनालले दर्जनौँ पुस्तकहरुको रचना गरेका छन् । मुलुकी ऐन केही विवेचना, रिट निवेदन, विश्वका प्रमुख कानुन प्रणाली, नेपालको कानुनी इतिहासको रुपरेखा, राजनीति कुुसुमाकर, धार्मिक कथासँग्रह जस्ता उत्कृष्ट पुस्तक लेखिनुका साथै अनुभूति र अभिव्यक्ति भन्ने आफ्नै आत्मकथा प्रकाशन गरेका छन् । दरबारको सेवा गरे बापत् मानार्थ मिर सुब्बाको दर्जा, गोरखा दक्षिण बाहु विभुषण, त्रिशक्तिपट्ट विभुषण प्राप्त गरेका छन् । त्यस्तै कानुनका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत् सुवर्ण पदक, शंकरलाल केडिया पुरस्कार लगाएत पुरस्कारबाट सम्मानित छन् उनी । कानुनबाट सम्पूर्ण नागरिक सुचित हुन्, न्यायपूण स्थायित्व व्यवस्था गठन होस् भनेर यसैको वकालतमा तल्लीन छन् उनी ।  
हाल उनी यो धरतीमा छैनन् तर उनले नेपालको कानुनी क्षेत्रमा कलम चलाएर नेपालको वास्तविक कानुनी इतिहासलाई उजागर पारेका छन् । 

लेक्स नेपाल

थप समाचार