२०७८ - माघ - ०५ | बुधबार

मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते

निर्वाचन आयोगको लिखित जवाफ नआउँदा सर्यो जसपा लुम्बिनीका चार सांसदको पूर्ण सुनुवाइ 

लेक्स नेपाल  |
असार ०७, २०७८
766 Shares

असार ७, काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका चार सांसदको पद रहने कि नरहने भन्ने मुद्दाको पूर्ण सुनुवाइ असार २१ गर्ने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले सोमवार यस्तो आदेश दिएको हो । 

अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जवाफ पेस भइसकेको भन्दै रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको आदेश दिएको हो ।

उपेन्द्र यादव पक्षको कारवाहीपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेयसहित चार जना सांसद सर्वोच्चको अन्तरिम आदेशपछि पुनर्वहाली भएका थिए ।

जसपाका ६ जनामध्ये ४ जना सांसदलाई यादव पक्षले कारवाही गरेको थियो । उनीहरू चारैजना अहिले मन्त्री छन् ।

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८