२०७८ - आश्विन - ०६ | बुधबार

जसपा आधिकारिकता विवाद

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्त ठाकुर सर्वोच्चको ढोका ढकढकाउँदै

लेक्स नेपाल  |
श्रावण ०८, २०७८
726 Shares

श्रावण ८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिकताको विवादमा निर्वाचन आयोगको निर्णय विरुद्ध जसपाका एक जना अध्यक्ष महन्त ठाकुरले अदालतको ढोका ढकढकाएका छन् । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई परिचय पत्रको सक्कल प्रतिसहित उपस्थित हुन आदेश गरेको भोलिपल्ट अध्यक्ष ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

आयोगले बिहीबार सुनाएको आदेशानुसार पार्टी आधिकारिकताको निर्णय आफ्नो पक्षमा नआउने देखिएपछि ठाकुर शुक्रबार सर्वोच्च अदालत पुगेका हुन् । 

त्यसो त जसपाका दुईजना अध्यक्ष उपेन्द्र यादव र ठाकुरमध्ये कार्यकारिणी समितिमा यादवको बहुमत छ । निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई बोलाउने आदेश सुनाएपछि अन्तरिम आदेशको माग गर्दै ठाकुरले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका छन् । दाबी नै नपुग्ने निवेदन दर्ता गर्दै आयोगले आफ्नो पार्टीको विभाजन र आधिकारिकताको निर्णय गर्न लागेको भन्दै ठाकुरले त्यसलाई रोक्न अन्तरिम आदेशको मागदाबी गरेका छन् । 

आफूले कारबाही गरेपछि संशोधन गरेको कार्यकारीणी समितिलाई मान्यता दिनुपर्नेमा आयोगले त्यसो नगरी हकदैया नै नभएको विषयबस्तुमा प्रवेश गरेको ठाकुरको रिटमा दाबी छ । आफूले हेरफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिँदै विवाद निरुपणको प्रक्रिया अघि वढाउन परमादेशको आदेश जारी गर्न ठाकुरले माग गरेका छन् । 
 

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८