२०७८ - माघ - ०५ | बुधबार

मुद्धाफिर्ता, दोहोर्याइ पाऊँ र विपक्षी झिकाउने सेवा थप

निषेधाज्ञा खुकुलो भएसँगै सर्वोच्चको सेवा वृद्धि

लेक्स नेपाल  |
असार ०८, २०७८
526 Shares

उपत्यकामा निषेधाज्ञा केही खुकुलो भएसँगै सर्वोच्च अदालतले सेवा वृद्धि गरेको छ । सर्वोच्च अदालतबाट हुने कामकारबाही र सेवा प्रवाहको सम्बन्धमा जेठ ३१ को पूर्ण बैठकको निर्णयबमोजिमका कामकारबाही र सेवाहरुलाई निरन्तरता दिँदैन थप सेवामा वृद्धि गरेको हो । 

सर्वोच्चले प्रचलित कानुनबमोजिम हुन सक्ने मिलापत्र र मुद्धाफिर्ता सम्बन्धी कामकारबाही, व्यक्तिको तर्फबाट पर्न आएका दोहोर्याइ पाऊँ भन्ने निवेदनहरुको सुनुवाई र विपक्षी झिकाउने आदेश नभएका साधकको सुनुवाईको सेवालाई वृद्धि गरेको हो । 

उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणका हकमा काम कारबाही तथा सेवाप्रवाह एवम् हदम्याद, म्याद र तारेखसमेतका विषयमा बैशाख १४ को पूर्ण बैठकको निर्णयानुसार हुने सर्वोच्चबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 
 

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८