२०७८ - बैशाख - २३ | बिहीबार

रहेनन् पूर्व महान्यायाधिवक्ता

न्याय परिषद् सदस्य निरालाको निधन

लेक्स नेपाल  |
बैशाख २१, २०७८
54 Shares

न्याय परिषद् सदस्य लक्ष्मी बहादुर निरालाको निधन भएको छ । वरिष्ठ अधिवक्ता एवम् न्याय परिषद् सदस्य निरालाको ७७ वर्षको उमेरमा शसस्त्र प्रहरी अस्पतालमा मंगलबार बिहान निधन भएको उनको परिवारले जनाएको छ । आईतबार बेलुकीसम्म उनको स्वास्थ्यमा सुधार आएपनि सोमबार बिहान उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । निराला कोरोनाबाट संक्रमित भएपछि विगत २२ दिनदेखि उपचार गराइरहेका थिए ।

निरालाले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा महान्यायाधिवक्ताको कार्यभार सम्हालेका थिए । उनले लामो समयदेखि जनकपूरमा वकालत गरी त्यस क्षेत्रमा स्थापित बनेका थिए । 

लेक्स नेपाल


थप समाचार

सङ्कटमा सुतेको सर्वोच्च

लेक्स नेपाल | बैशाख १९, २०७८

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल | बैशाख १५, २०७८