२०७८ - माघ - ०५ | बुधबार

न्यायालयको गतिरोध केहि दिन भित्रै निकास पाउँने

न्यायालयको गतिरोधले केहि दिनभित्रै निकास पाउँछः प्रधानमन्त्री देउवा 

लेक्स नेपाल  |
मंसिर १०, २०७८
250 Shares


न्यायालयको गतिरोधले केहि दिनभित्रै निकास पाउँछः प्रधानमन्त्री देउवा 

मंसिर १०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको गतिरोध केहि दिन भित्रै निकास पाउँने बताएका छन् । कानुन व्यवसायीहरुले लामो समयदेखि न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि भूमिका खेल्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
नेपाल बार एसोसिएसनका पदाधिकारी तथा वरिष्ठ कानून व्यवसायीहरुसँग भएको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयको गतिरोधले सकेसम्म छिटो निकास पाउने संकेत देखाउँनु भएको हो । १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ । तर बारले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्न आन्दोलनमा आएका कानून व्यवसायीका प्रतिनिधिहरुले शुक्रबार प्रधानमन्त्री देउवालाई भेटेर १७ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।  ‘हामीले १७ बुँदे पनि बुझायौं र महाअभियोगका लागि ग्राउण्ड तयार भएको छ,’ वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ भन्छन्, ‘महाअभियोग लगाउने नलगाउने तपाईँहरुको कुरा हो, हामी राजीनामाको अडानबाट तलमाथि  हुदैनौं भनेका छौं ।’

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनमा पनि छलफल गरेर निकास दिने बताए । न्यायालयको पछिल्लो गतिरोधबाट आफू जानकार रहेको र छलफल पनि गरिरहेको बताउँदै देउवाले निष्कर्षमा पुग्न सत्तारुढ दलहरुसँग पनि छलफल आवश्यक हुने बताए ।


 

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८