चैत्र २, काठमाडौँ । संसदीय सुनुवाइ समितिले अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्ति गर्न उपयुक्त छ छैन भनेर १० चैतिभत्र उजुरी दिन भनेको हो ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई न्यायापरिषद्को गत फागुन अन्तिम साताको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
उजुरीपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने भएको छ ।