चैत्र १६, काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष लिएका हुन् ।
संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकबाट सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका श्रेष्ठलाई राष्ट्रपतिले मंगलबार नियुक्त गरेकी थिइन् ।
गत २६ फागुनमा बसेको न्यायपरिषदको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।