२०७८ - आश्विन - ०६ | बुधबार

स्वतन्त्र न्यायालयको गरिमामाथि आँच

न्यायाधीशउपर अशोभनिय टिप्पणी नगर्न सर्वोच्च बारको माग

लेक्स नेपाल  |
असार ३१, २०७८
702 Shares

सर्वोच्च अदालत बार एशोसिएशनले न्यायाधीशउपर अशोभनिय टिप्पणी नगर्न आग्रह गरेको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालत बार एशोसिएशनले यस्तो माग गरेको हो । 

सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको सुनुवाई गरी असार २८ गते भएको अन्तिम आदेशविरुद्ध राजनीतिक नेता कार्यकर्ताले प्रधानन्यायाधीशको पुत्ला दहन गर्ने र न्यायाधीशको पदीइ मर्यादामाथि गम्भीर आक्षेप लगाउने कार्य नगर्न सर्वोच्च बारले ध्यानाकर्षण गरेको हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा उनी निकट कार्यकर्ताले सर्वोच्चको आदेश पछि अदालतको आदेश विरुद्ध भ्रम फैलाएको सर्वोच्च बारको आरोप छ । न्यायालयका न्यायाधीशमाथि धम्कीपूर्ण अभिव्यक्तिले स्वतन्त्र न्यायालयको गरिमामाथि आँच पुर्याएको बारको निष्कर्ष छ । स्वस्थ टिकाटिप्पणी गर्न सकिएपछि न्यायालय र न्यायमूर्ति विरुद्ध भ्रामक हल्ला फिजाइ अनास्था पैदागरी काण्ड मच्चाउने किसिमका अभिव्यक्तिले स्वतन्त्र न्यायलयमाथि गम्भीर आँच पुगेको बारको ठम्याई छ । 

संविधानको धारा १२६(१) र १२८(२) ले दिएको अधिकारलाई प्रयोग गरी संविधान, प्रचलित कानुन र विधिशास्त्रीय मुल्य, मान्यता तथा सिद्धान्तका आधारमा गरिएको सर्वोच्चको फैसलालाई सम्मान गर्न पनि बारले अनुरोध गरेको छ । 

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८