२०७८ - माघ - ०५ | बुधबार

२९औं अधिवक्ता तहको लिखित परीक्षाको नतिजा सार्वजनिक

२९औं अधिवक्ता परीक्षाको नतिजा प्रकाशनः १११४ जना उत्तीर्ण 

लेक्स नेपाल  |
पुष ०९, २०७८
1.5k Shares

पुष ९, काठमाडौँ । २९औं अधिवक्ता तहको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । नेपाल कानुन व्यवसायी परिषद्ले शुक्रबार उक्त नतिजा सार्वजनिक गरेको हो । 

असोज १८ गते सम्पन्न कानुन व्यवसायीको २९औं अधिवक्ता तहको लिखित परीक्षामा २२८० जना सहभागी भएका थिए । जस मध्ये १,११४ मात्र पास भएका हुन । उत्तीर्ण संख्या कुल सहभागी परीक्षार्थी मध्ये ४८ प्रतिशत मात्र रहेको छ । 

लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको मौखिक परीक्षा भने  रोल नंम्बर अनुसार माघ १३, १४ र १५ गतेका लागि तोकिएको छ । 

अधिवक्ता तहको लिखित परीक्षाका लागि विगतमा ४०० पुर्णाङ्कको चार दिन सम्म हुने गरेको भएपनि २८ औं र २९औं परीक्षा भने कोरोना महामारीका कारण १०० पुर्णाङ्कको परीक्षा एक दिनमै सम्पन्न गरिएको थियो । 

शुक्रबारको नतिजामा परीक्षार्थीहरु उत्तीर्ण वा अनुत्तीर्ण भएको प्रकाशित गरिएको छ भने परीक्षार्थीहरुको कुल प्राप्ताङ्क भने मौखिक परीक्षाको नतिजा पछि मात्र प्रकाशन गरीने परिषद्ले जनाएको छ । 

नेपालमा कानुन व्यवसायीको परीक्षा बार्षिक रुपमा नेपाल कानुन परिषद्ले लिदै आएको छ । हाल १८,००० ले अधिवक्ताको प्रमाणपत्र लिएका छन् ।


 

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८