२०७८ - बैशाख - २३ | बिहीबार

सर्वोच्चको प्रश्न

पाकिस्तानी प्रधानमन्त्री खानलाई निजी सम्पत्ति प्रयोगप्रति सर्वोच्चबाट स्पष्टीकरणको माग

लेक्स नेपाल  |
बैशाख ०१, २०७८
30 Shares

पाकिस्ताको सर्वोच्च अदालतले सोमबार (१२ अक्टुबर) मा सत्ताधारी पार्टी पाकिस्तान तहरीक–ए–इंसाफ (पिटिआइ) को कानुनी इकाइका तर्फबाट आयोजित वकिलहरुको अधिवेशनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भाग लिएपछि उनी विरुद्धा नोटिस जारी गरेको छ । पाकिस्तान तहरीक–ए–इंसाफ (पिटिआइ) को कानुनी इकाइका तर्फबाट जिन्ना कन्वेंन्शन सेंटर (इस्लामाबाद)मा उक्त कार्यक्रम सुप्रिम कोर्ट बार एशोसिएशनको चुनावमा आफ्ना उम्मेद्वारको प्रचारका लागि आयोजना गरिएको थियो । 
न्यायाधीश काजी फैज इसा र अमीन–उद–दीन खान को इजलाशले पंजाब सरकारका विरुद्ध एक देवानी विषयमा सुनुवाई गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री सिङ्गो देशको कार्यकारी प्रमुख भएकाले राज्यको सम्पत्ति दूरुपयोग किन गर्नुहुन्छ ?’
सर्वोच्चले नोटिस जारी गर्दै प्रधानमन्त्री इमरान खानलाई ‘निजी समारोहको लागि राज्यको सम्पत्ति किन प्रयोग गरेको ?’ भनी प्रश्न गरेको छ । 

लेक्स नेपाल


थप समाचार

सङ्कटमा सुतेको सर्वोच्च

लेक्स नेपाल | बैशाख १९, २०७८

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल | बैशाख १५, २०७८